मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कुमारी बैंकद्वारा रियल टाइम ईआरपी एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सुरुआत

baahrakhari.com · Fri Jun 12 10:58:07 GMT 2026

काठमाडौं । कुमारी बैंक लिमिटेडले आईएमएस सफ्टवेयर प्रालिसँगको सहकार्यमा ईआरपी एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सार्वजनिक गरेको छ ।

कुमारी बैंकले आफ्ना व्यवसायी ग्राहकहरूलाई यस नवीन पहलमार्फत आईएमएसको ईआरपी सफ्टवेयरमार्फत बिनाधितो कर्जा प्रदान गर्नेछ । यसका लागि लामो कागजी प्रक्रिया तथा शाखा धाउने झन्झट हट्ने भएको छ । यस प्ल्याटफर्मले कर्जा आवेदन, स्वीकृति, वितरण तथा भुक्तानीसम्मको सम्पूर्ण प्रक्रिया डिजिटल माध्यमबाट सम्पन्न गर्ने सुविधा प्रदान गर्दछ ।

ईआरपी प्रणालीसँगको प्रत्यक्ष एकीकरणमार्फत बैंकले व्यवसायहरूको बिक्री, कारोबार तथा मौज्दातजस्ता वास्तविक समय रियल टाइम डेटाका आधारमा कर्जा योग्यता मूल्यांकन गर्न सक्नेछ । यस डेटामा आधारित प्रणालीले छिटो र सटीक निर्णय लिन सहयोग पु‍र्‍याउँदै परम्परागत धितो आवश्यकताबिनै व्यवसायहरूलाई वित्तीय पहुँच उपलब्ध गराउँछ ।

यसमार्फत ईआरपी प्रयोग गर्ने व्यवसायहरूले आफ्नै कार्यसम्पादनका आधारमा पाँच लाखसम्मको चालु पुँजी कर्जा प्राप्त गर्न सक्नेछन् । जसलाई १२ महिनासम्मको समान मासिक किस्ता मार्फत भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।

सेवाको प्रयोग, माग तथा नेपाल राष्ट्र बैंकको निर्देशनका आधारमा भविष्यमा कर्जा सीमा वृद्धि गर्दै वित्तीय प्रक्रियालाई अझ सरल, छिटो र प्रभावकारी बनाउने योजना बैंकले राखेको छ ।

#कुमारी बैंक

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय