मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

टर्कीमा कैयौं निर्माण व्यवसायी पक्राउ

rajdhanidaily.com · Tue Feb 14 23:21:13 GMT 2023

इस्तानबुल । टर्की सरकारले गुणस्तरहीन भवन बनाएको अभियोगमा कैयौं निर्माण व्यवसायीलाई पक्राउ गरेको छ । अदाना सहरका अभियोजकले भत्केका भवन सम्बन्धमा अनुसन्धान गर्न ६२ जनालाई हिरासतमा राख्न आदेश दिएका छन् ।

टर्की पूर्वी भाग र छिमेकी सिरिया भूकम्पमा परी ३६ हजार बढीको मृत्यु भएको छ । हजारौं घाइते भएका छन् । टर्की कहरामनमारस केन्द्रबिन्दु बनाएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प र त्यसको केही क्षणपछिको भएको त्यति नै शक्तिशाली अर्को परकम्पबाट टर्कीका १० प्रान्तमा अकल्पनीय क्षति भएको छ । छिमेकी सिरियामा पनि व्यापक जनधन क्षति भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)