मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सेबोन अध्यक्ष ढुंगानाबारे छानबिन गर्न समिति

ekantipur.com · Thu Sep 02 01:16:00 GMT 2021

काठमाडौँ — सर्वोत्तम सिमेन्टको भित्री सेयर कारोबारमा धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुंगानाको संलग्नता सम्बन्धमा छानबिन गर्न सरकारले जाँचबुझ समिति गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा छानबिन समिति गठन गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार समितिको सदस्यमा कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का र विज्ञ सदस्यमा नारायणप्रसाद पौडेल छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)