मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ठूलो मात्रामा तस्करीकाे विदेशी चुरोट वीरगञ्ज भन्सारमा समातियो, १० करोडभन्दा धेरै जरिवाना हुने

shilapatra.com · Sat Jul 23 00:33:00 GMT 2022

वीरगन्जको सुक्खा बन्दरगाहमा दुबईबाट भारतहुँदै आएको कन्टेनरमा ठूलो मात्रामा विदेशी चुरोट बरामद भएको छ । मुङ्गको दाल भनी जाँचपास गराउन खोजेको कन्टेनरमा ५८ लाखभन्दा धेरै गुडाङ गरम र मोन्ड भेरियन्स ब्रान्डको चुरोट फेला परेको हाे ।

गुडाङ गरम नामको विदेशबाट तस्करी गरेर भित्र्याइएका ती सामान अहिले पनि बजारमा छ्यापछ्याप्ती पाइन्छ । वीरगन्ज भन्सारमा तस्करीहुँदै गर्दा ती सामानहरू बरामद गरिएका हुन् । यस भन्सारनाकामा यस्ता सामानहरू ठूलो परिमाणमा बरामद भएको यो पहिलो घटना हो ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)