मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जर्मनीमा खेल्दै काठमाडौं किकर्सका युवा

ekantipur.com · Sat May 27 01:13:16 GMT 2023

म्युनिक — काठमाडौं किकर्स फुटबल एकेडेमीले जर्मनीको ५६ वर्ष पुरानो प्रतियोगिता भीआर–बैंक कपमा शनिबारदेखि प्रतिस्पर्धा गर्दै छ । म्युनिकमा तीन दिने ट्रेनिङ क्याम्प आयोजना गरेपछि प्रतियोगिता खेल्न लागेको हो ।

एसभी मामेन्डर्फद्वारा आयोजित प्रतियोगिता ५४ औं भीआर बैंक कपमा यू–६, यू–८, यू–९, यू–१०, यू–११, यू–१३ र यू–१५ गरी सात उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । काठमाडौं किकर्सको टिम यू–१३ मा सहभागी हुन म्युनिक आइपुगेको हो । १३ खेलाडीसहितको टिम मंगलबार जर्मनी आइपुगेको हो । स्कटिस प्रशिक्षक ली मेन्सनले सम्हालेको टिमले तीन दिन स्पोर्ट्ससुले ओभरहाकिङमा ट्रेनिङ क्याम्प सञ्चालन गरेपछि प्रतियोगिता खेल्न लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)