मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नीरा हत्याको अनुसन्धानप्रति आशङ्का

gorkhapatraonline.com · Fri Apr 28 06:20:20 GMT 2023

काठमाडौँ, वैशाख १५ गते । एक साताअघि काठमाडौँको कपनस्थित सरस्वतीनगरमा धारिलो हतियार प्रहार गरी नीरा पाण्डे आचार्यको हत्या भएको घटनाको अनुसन्धान ढिला भएको भन्दै स्थानीय र आफन्तले बिहीबार प्रदर्शन गरेका छन्। दिनदहाडै पसलभित्र पसेर भएको हत्याको घटनामा प्रहरीको अनुसन्धान प्रभावकारी नभएको र अभियुक्त फेला नपरेको भन्दै हत्या भएको पसल अगाडि प्रदर्शन भएको हो।

नीरू किचेनकी सञ्चालक ३२ वर्षीया आचार्यको एक साताअघि अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी पसलभित्र हत्या गरेको थियो। मृतकका दाजु यमलाल पाण्डेले घटनाको एक हप्ता बित्दासमेत अभियुक्त फेला नपर्नु र प्रहरीले गरिरहेको अनुसन्धानबारे आफूहरूलाई सामान्य जानकारीसमेत नहुँदा अनुसन्धानप्रति अविश्वाश पैदा भएको बताउनुभयो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)