नेवानिद्वारा पर्यटनमन्त्री अरगरियाको सम्मान
abhiyandaily.com
काठमाडौं (अस) । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाको सम्मानमा नेपाल वायुसेवा निगममा स्वागत कार्यक्रम आयोजना गरिएको छ ।
उक्त अवसरमा मन्त्री अरगरियाले निगमसँग भएका विमानको पूर्ण उपयोग गरी नाफामूलक अवस्थामा पु¥याउन निगम पदाधिकारीलाई निर्देशन दिए । निगमले कोरोना महामारीमा आफ्नो जिम्मेवारी पूरा गरेको बताउँदै मन्त्री अरगरियारले अझ दरिलो कार्ययोजनासहित अघि बढ्नका लागि तत्कालै योजना बनाएर गुमेको बजार पुनः प्राप्त गर्न सक्नुपर्ने आवश्यकता औंल्याए । उनले निगम नाफामूलक मात्र नभई सेवामूलकसमेत रहेकाले सरकारका तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)