श्रीप्रसाद ओली स्मृति प्रज्ञान पुरस्कार डा. सुरेशराज शर्मा र राष्ट्रिय आविष्कार केन्द्रलाई
nagariknews.nagariknetwork.com · Fri Jun 12 11:03:45 GMT 2026

यस वर्षको श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार २०८२ डा. सुरेशराज शर्मा र राष्ट्रिय आविष्कार केन्द्रलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ। रुद्र–गौरी श्री अम्बिका ओली प्रतिष्ठानले उक्त निर्णय सार्वजनिक गरेको हो। पुरस्कारको राशि ५ लाख रुपैयाँ रहेको छ।
प्रतिष्ठानका अनुसार ८३ वर्षीय डा. शर्मालाई नेपालमा गुणस्तरीय प्राविधिक, व्यवसायिक तथा उच्च शिक्षाको विकास र विस्तारमा करिब पाँच दशकदेखि निर्वाह गरेको योगदानको सम्मानस्वरूप पुरस्कार प्रदान गर्न लागिएको हो। उनले विशेषगरी काठमाडौं विश्वविद्यालयको स्थापना र विकासमा सुरुदेखि नै महत्वपूर्ण भूमिका खेलेका थिए। उनी काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)