‘दुःख देख्न्या को छन् र भोट दिनु !’
ekantipur.com · Mon Nov 14 01:08:32 GMT 2022
बझाङ — खप्तडछान्ना गाउँपालिका–३, मेल्तडीका बमबहादुर दमाई भारत जानका लागि बाटो खर्च खोज्दै छन् । ९ जनाको परिवारसहित भारत पस्ने तयारी गरेका उनले सबैका लागि पुग्ने गाडीभाडा र खाने–बस्ने खर्च जुटाइसकेका छैनन् । स्थानीय र छिमेकी गाउँका आफन्तबाट बाटो खर्चका लागि ऋणको आश्वासन पाएका छन् । ‘सबै परिवारलाई भारतसम्म पुग्न ५० देखि ६० हजार खर्च लाग्छ, ऋण पाउनेबित्तिकै बाटो लाग्छौं,’ उनले भने ।
एक वर्षदेखि छिमेकीको गोठमा आश्रय लिइरहेको बमबहादुरको परिवार ओत लाग्ने घरसमेत नभएकाले बालबच्चासहित भारत जान लागेको हो । बमबहादुरको घर भने गत वर्ष कात्तिक पहिलो साता बेमौसमी वर्षासँगै आएको पहिरोले भत्काएको थियो । सिलाइ गरेबापत भाग्या (गैरदलित) ले दिएको खलोको भरमा गुजारा गर्दै आएको परिवारसँग घर बनाउने सानो टुक्रा जमिनबाहेक केही बचेको छैन । उनीहरू वर्ष दिनदेखि सरकारले घर बनाइदिने आसमा बसेका थिए तर सहयोग पाएनन् । ‘अब यहाँ बसेर काम छैन, यत्रो परिवार, बालबच्चा कति दिनसम्म अर्काकामा बस्ने ? त्यसैले उतै लैजाने सुरसार गरेको हुँ,’ बमबहादुरले भने, ‘कमाउन सकिएछ भने तीन/चार वर्षपछि घर बनाउने पैसा ल्याएर फर्किनुपर्ला । सकिएनछ भने उतै हराउँला ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)