पाकिस्तानविरुद्ध इंल्ग्यान्डको सहज जित
shilapatra.com · Wed Sep 21 00:45:00 GMT 2022
इंग्ल्यान्डले पाकिस्तानसँगको सात खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा जित निकालेको छ । मंगलबार राति इंग्ल्यान्डले कराचीमा घरेलु टिम पाकिस्तानलाई ६ विकेटले हराएको हो ।
नेशनल स्टेडियम कराचीमा १५९ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले १९.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटायो । इंग्ल्यान्डको जितमा ओपनर एलेक्स हलेसले ४० बलमा ५३ रन बनाए । त्यस्तै, ह्यारी ब्रोकले २५ बलमा अविजित ४२ रन बनाउँदा बेन डक्केटले २१ र डेविड मलानले २० रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)