अब ‘एक्जिम कोड’ लिन भन्सार विभाग धाउनु नपर्ने
onlinekhabar.com · Wed Apr 02 11:25:32 GMT 2025

२० चैत, काठमाडौं। व्यवसायीहरूले लिनुपर्ने निकासी–पैठारी संकेत नम्बर (एक्जिम कोड) लिन अब भन्सार विभागको केन्द्रीय कार्यालय धाउनु नपर्ने भएको छ ।
विभागले सूचना प्रकाशित गर्दै २ वैशाख २०८२ देखि एक्जिम कोड सम्बन्धी सबै काम विभागमा बन्द गरिएको जानकारी गराएको छ ।
यस्तो काम अब भन्सार कार्यालयहरूबाटै हुने समेत विभागले जनाएको छ । आयात निर्यातमा संलग्न व्यवसायीले एक्जिम कोड लिनुपर्ने प्रावधान आर्थिक वर्ष २०७४÷७५ देखि कार्यान्वयनमा आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)