मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारका गतिविधिहरू ‘छलकपटपूर्ण’ : झाँक्री

ratopati.com · Fri Jun 12 11:25:22 GMT 2026

काठमाडौँ । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सरकारले ल्याएको बजेट र अर्थमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाएकी छन् । राष्ट्रियसभाको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा झाक्रीले अर्थमन्त्री डा.वाग्लेका अभिव्यक्ति विरोधाभासपूर्ण रहेको र तथ्याङ्कगत यथार्थलाई लुकाउन खोजेको आरोप लगाइन् । झाँक्रीले सरकारका गतिविधिहरू ‘छलकपटपूर्ण’ रहेको आरोप लगाइन् ।

अर्थमन्त्री डा.वाग्लेले यसअघि बोलेका कुरा र अहिलेको व्यवहारमा ठुलो खाडल देखिएको बताइन् । ‘अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्,’ झाक्रीले भनिन्, ‘अहिले ऋण लिनुलाई ‘अनिवार्य सर्त’ का रूपमा व्याख्या गरे । उनको भनाइ र गराइमा एकरूपता देखिएन ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)