पोल भाडा उठाइँदै र अव्यवस्थित तार हटाइँदै
himalpress.com · Fri Jun 12 11:21:05 GMT 2026

काठमाडौँ- लामो समयदेखि उठ्न नसकेको विद्युत् पोल भाडा बक्यौता असुली र सहरी क्षेत्रमा अव्यवस्थित रूपमा झुण्डिएका तथा प्रयोगविहीन तार व्यवस्थापनको अभियान सरकारले तीव्र बनाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पहल तथा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको समन्वयमा सञ्चालन गरिएको अभियानलाई जनउत्तरदायी पूर्वाधार निर्माणसँग जोडेर अघि बढाइएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठका अनुसार सार्वजनिक पूर्वाधारको प्रभावकारी उपयोग, बक्यौता राजस्व असुली र सुरक्षित सहरी वातावरण निर्माणका लागि पोल भाडा व्यवस्थापन तथा तार व्यवस्थापन अभियानलाई एकसाथ अघि बढाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)