दुर्लभ पशुपक्षीको तस्करी रोकौंं
annapurnapost.com · Fri Jan 28 06:20:00 GMT 2022
नेपालका दुर्लभ र लोपोन्मुख वन्यजन्तु तथा चराचुरुंगीको तस्करी बढ्दै गएको छ। तस्करहरूले सर्वसाधारणको प्रयोग गरेर दुर्लभ वन्यजन्तु र चराचुरुंगी पक्रिन र मार्न लगाएर विश्वका विभिन्न कुनामा पुर्याउने गरेका छन्। रातारात पैसा कमाउन उनीहरूले अवैध रूपमा वन्यजन्तु र चराचुरुंगीहरूको व्यापार गर्ने गरेका छन्। दुर्लभ वन्यजन्तु र चराचुरुंंगीको तस्करी बढे पनि मुख्य तस्करहरू भने पक्राउ पर्दैनन्। भरिया र सर्वसाधारण मात्र पक्राउ पर्दा तस्करको जालो तोड्न प्रहरी प्रशासन असफल छ।
पछिल्लो समय नेपालबाट लाटोकोसेरोको तस्करी बढेको छ। तस्करहरूले भारत, चीन, मध्यपूर्वी एसियन देशहरूमा लाटोकोसेरो तस्करी गरेर पुर्याउने गरेका छन्। वर्षमा कम्तीमा दुई हजार लाटोकोसेरोको अवैध कारोबार हुने गरेको चरा संरक्षणकर्मीहरू बताउँछन्। लाटोकोसेरोको विभिन्न अंंगबाट आयुर्वेदिक औषधि बन्ने, तान्त्रिक र धार्मिक कार्यमा लाटोकोसेरोका अंगहरू प्रयोग गर्दा फाइदा हुने अन्धविश्वास छ। क्यान्सर निको हुने, भियग्राबराबरको औषधिसमेत बन्ने विश्वासले लाटोकोसेरोको अवैध कारोबार भइरहेको संरक्षणकर्मीहरू बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)