सुनमायाले जितिन् हङकङ ट्रेल च्यालेन्ज
ekantipur.com · Sat Mar 11 16:27:17 GMT 2023
काठमाडौँ — नेपाली धावक सुनमाया बुढाले हङकङमा शनिबार भएको ‘द नर्थ फेस १०० अल्ट्रा ट्रेल च्यालेन्ज’ को उपाधि जितेकी छन् ।
जुम्लाकी सुनमायाले महिलातर्फ ५० किलोमिटरको दौड ६ घन्टा १२ मिनेट २५ सेकेन्डमा पूरा गर्दै नयाा कोर्स रेकर्डसहित उपाधि जितेकी हुन् । त्यसक्रममा उनले खासै चुनौती बेहोर्नु परेन । चिनियाँ धाविक मी लिङ छु ६ घन्टा ४६ मिनेट ३८ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भइन् । हङकङकी की छुङ वोङ ७ घन्टा १३ मिनेट २१ सेकेन्डसाथ तेस्रोमा रहिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)