प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रचण्ड
newsofnepal.com · Fri Dec 31 00:55:00 GMT 2021
काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज शुक्रबार बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । प्रचण्डको प्रतिवेदनमाथि २४ वटा समूह बनाएर छलफल गर्ने र समूह नेताहरूले छलफलको निष्कर्ष सुनाउने कार्य बिहीबार सकिएको छ । छलफलका लागि शुरुमा २५ वटा समूह बनाइएको भए तापनि पछि सम्पर्क मञ्च प्रदेशको दुईवटा समूहलाई एउटै समूहमा राखिएको थियो । प्रज्ञा भवनमा जारी बन्दसत्रमा बुधबार ११ र बिहीबार १३ वटा समूहका नेताले आआफ्नो समूहको निष्कर्ष सुनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)