अध्ययन भिसा सिफारिस प्रकरणमा छानबिन गर्न समिति गठन
kathmandupati.com · Fri Jun 12 11:27:33 GMT 2026
काठमाण्डु- शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका विषयमा कर्मचारीको संलग्नताका सम्बन्धमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।
अध्ययन भिसा सिफारिसका सम्बन्धमा पेस गरिएका पत्र तथा कागजात नक्कली भएको बारेमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न मन्त्रीस्तरीय निर्णयअनुसार समिति गठन गरिएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)