बाग्मतीमा मन्त्रिपरिषद् विस्तार, अझै पाएन पूर्णता
rajdhanidaily.com · Mon Apr 10 00:54:48 GMT 2023
चुरे मकवानपुर । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा र तीर्थ लामालाई मन्त्रिपरिषद्मा सहभागी गराउँदै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नेपाली कांग्रेस संसदीय दलका नेता लामाको नेतृत्वमा प्रदेश सरकारमा सहभागी भएको हो ।
आइतबार साँझ प्रदेश प्रमुख कार्यालय हेटौंडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नव नियुक्त मन्त्रीद्वय लामालाई पद तथा गोपनीयताको शपथ गराएका थिए । दलका नेता लामा आर्थिक मामिला तथा योजना मन्त्रालयको र तीर्थ लामालाई खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)