यातायात मन्त्रालयको गाडीले कोटेश्वर स्थित मापसे चेक प्वाइन्ट छलेर भागेपछि दुर्घटना
barnanmedia.com · Thu Mar 06 22:35:47 GMT 2025

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको गाडीले कोटेश्वर स्थित मापसे चेक प्वाइन्ट छलेर भागेपछि दुर्घटना भएको छ । बा.२ झ २३७८ नम्बरको गाडीको ठक्करबाट कोटेश्वर चोकमा एउटा मोटरसाइकलमा क्षति पुगेको छ ।
चेकप्वाइन्ट छलेर भागेका चालकलाई प्रहरीले पछ्याएर पक्राउ गरेको छ । गाडी चालक सुवास थापालाई पक्राउ गरिएको छ। गाडिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको मोटरसाइकलमा पनि क्षति पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)