वनको डढेलो बस्तीमा फैलिँदा तेह्रथुममा १४ घर जले
nayapatrikadaily.com · Sat Feb 25 00:33:00 GMT 2023
तेह्रथुमको वनमा लागेको डढेलो बस्तीमा सल्किएको छ । आठराई गाउँपालिका– ६ चुहानडाँडाको हात्तीखर्कमा आगलागी हुँदा १४ घर जलेका छन् भने एकजना घाइते भएका छन् ।
हात्तीखर्क गाउँको पुछारमा रहेको फक्चुवाखोला दोभानको जंगलबाट शुक्रबार दिउँसो सल्किएको डढेलो माझीटार सामुदायिक वनमा पुगेको थियो । आगो फैलिँदै साँझ हात्तीखर्क गाउँको बस्तीमा पुगेको इलाका प्रहरी कार्यालय आठराईका सइ जुलुम चौधरीले बताए । उनका अनुसार आगलागीबाट फुसका १४ वटा घर जलेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)