मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

महिला सशक्तीकरणको विषयमा अन्तरक्रिया

abhiyandaily.com

काठमाडौं (अस) । हातेकागज उद्योगमा लोक्ता पकाउँदा ऊर्जा दक्षता वृद्धि र महिला सशक्तीकरण विषयमा जीईआईएफ परियोजना, पिस नेपाल र नेपाल हातेकागज संघको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका नायब कार्यकारी निर्देशक सुयश खनालले नेपाली हातेकागज उद्योगमा महिला सशक्तीकरण र उत्पादन प्रक्रियामा ल्याइने सुधारबाट यस क्षेत्रको निर्यात प्रवर्द्धनमा धेरै सहयोग पुग्ने बताए । हातेकागज उद्योगको विकासका लागि सहकार्य गर्न केन्द्र सधैं तयार रहेको उनको भनाइ थियो ।

नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष सनम शाक्यले सरकारी निकायमा नेपाली कागजको प्रयोग बढाउन हातेकागज संघसँग मिलेर पहल गरिएको बताए । हातेकागज उद्योगको उत्पादन प्रक्रियामा स्तरोन्नति गर्न सके निर्यातमा ठूलो फड्को मार्न सकिने विश्वास उनले व्यक्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)