व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
onlinekhabar.com · Fri Jun 12 08:23:59 GMT 2026

२९ जेठ, काठमाडौं । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले भैंसेपाटीमा रहेको प्रतिष्ठानको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको हो ।
४० वर्ष उमेर पुगेका न्यूनमत योग्यता र अनुभव भएका नेपाली नागरिकले १५ दिनभित्र आवेदन दिन सक्नेछन् । मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर तह पास गरेको हुनुपर्नेछ ।
त्यस्तै सरकारी वा गैरसरकारी संघ संस्था वा प्रचलित कानुन बमोजिम स्थापना भएको कम्पनी वा संगठित संस्थामा अधिकृतस्तरको पदमा रही श्रम, रोजगार, उद्योग, वाणिज्य, व्यापार, प्रशासन, राजश्व, इन्जिनियरिङ, व्यवस्थापन वा व्यावसायिक तालिमको क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव भएको योग्यता हुनुपर्नेछ ।
आवेदन दिने बेला विषयक्षेत्र समेट्नेगरी कम्तिमा ५ हजार शब्दमा अंग्रेजी वा नेपाली कुनै एक भाषामा व्यावसायिक कार्ययोजना पेश गर्नुपर्नेछ ।
सरकारले अध्यायदेशमार्फत राजनीतिक नियुक्ति पाएकाहरूलाई पदमुक्त गरेसँगै प्रतिष्ठानका यसअघिका कार्यकारी निर्देशक रमेश बखती पदमुक्त भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ