राजस्व कार्यालय तुलसीपुरद्वारा ७२ करोडभन्दा बढी राजस्व सङ्कलन
ratopati.com · Wed Nov 19 23:07:00 GMT 2025

दाङ। आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको चार महिनामा रु ७२ करोड १६ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि कात्तिक मसान्तसम्ममा रु ८९ करोड ९१ लाख ६१ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु ७२ करोड १६ लाख ३७ हजार सङ्कलन गरेको हो ।
कार्यालयका कर अधिकृत उपेन्द्र पुन मगरका अनुसार राजस्व सङ्कलन लक्ष्यको तुलनामा ८० दशमलव २५ प्रतिशत सङ्कलन भएको हो । गत वर्षको सोही अवधिमा कार्यालयले रु ७० करोड ३८ लाख ५८ हजार राजस्व सङ्कलन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)