मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रदेशस्तरीय ‘आमन्त्रण मेयरकप कराते प्रतियोगिता’ भक्तपुरमा

barnanmedia.com · Mon May 19 21:50:59 GMT 2025

भक्तपुरमा ‘बागमती प्रदेशस्तरीय आमन्त्रण मेयरकप कराते प्रतियोगिता’ आयोजना हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ सूर्यविनायक नगर सितोरियो कराते सङ्घले यही जेठ ९ र १० गते प्रतियोगिता आयोजना गर्ने भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

प्रतियोगिता संयोजक रामशरण त्वातीले मेयरकप प्रतियोगितामा करिब १० स्थानीय तहका विभिन्न समूहको सहभागिता रहने जानकारी दिँदै भक्तपुर, मध्यपुर, चाँगुनारायण, सूर्यविनायक, बूढानीलकण्ठ, पनौती, बनेपा, चन्द्रागिरि, काठमाडौँ र गोदावरी नगरपालिकाबाट सहभागिता हुने बताउनुभयो । अन्य पालिकालाई पनि सहभागी गराउँदै जाने उहाँले उल्लेख गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)