मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

आयोग प्रतिवेदन सिंहदरबारको दराजमा : मिटरब्याजपीडित फेरि काठमाडौंतर्फ मार्चमा

ekantipur.com · Mon Feb 12 00:31:08 GMT 2024

बारा र परासी — महोत्तरीको औरही नगरपालिका–१ की ५८ वर्षीया रामकली साहले एक बिघा खेत र घडेरी बन्धकी राखेर ६ वर्षअगाडि गाउँकै महाजन (साहु) बाट ५ लाख रुपैयाँ ऋण लिएकी थिइन् । पछिल्लो दुई वर्षदेखि ब्याजसहित ऋण बुझाउन जाँदा साहुले खेत फिर्ता गर्न मानेका छैनन् । ‘खेतमा जाँदा कुटपिट गर्छन्,’ रामकली भन्छिन्, ‘खेत किनिसकेको भन्छन्, जबकि मैले त जमिन बन्धकी राखेर ऋण मात्र लिएकी थिएँ ।’ लाठीले हिर्काएर हातसमेत भाँचिदिएको उनले दुखेसो पोखिन् ।

‘खेतमा जाँदा साहुले कुटेको दृश्य छोरीले मोबाइलमा कैद गरेकी थिई,’ आइतबार पूर्व–पश्चिम राजमार्गको बारास्थित पसाहा पुलनजिकै भेटिएकी रामकलीले मोबाइलमा रेकर्ड गरेको भिडियो देखाउँदै भनिन्, ‘जेठी छोरीको बिहे र छोराहरू पढाउन ऋण लिएकी थिएँ, म अनपढसँग साहुले कुन–कुन कागजमा सही गरायो, थाहा छैन । प्रहरी प्रशासनले समेत हाम्रो पीडा सुनेन ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)