अभौतिक सांस्कृतिक सम्पदा विधेयक २०८३ माथिको प्रस्ताव स्वीकृत
nagariknews.nagariknetwork.com · Fri Jun 12 11:33:07 GMT 2026

प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। सांसदहरुले राखेको जिज्ञासाको जवाफमा मन्त्री पौडेलले अमूर्त सम्पदाको संरक्षणको महत्वपूर्ण पक्ष आर्थिक उपार्जनको एउटा गोरेटो खोल्नु पनि भएको बताए। उनले अमूर्त सम्पदाको संरक्षणका लागि सरकारका तर्फबाट विशेष पहल र प्रयास हुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)