मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौं उपत्यकाका अव्यवस्थित तार हटाइँदै

nagariknews.nagariknetwork.com · Fri Jun 12 11:34:14 GMT 2026

काठमाडौं उपत्यकाका केही स्थानबाट प्रयोगविहीन तार हटाउने कार्य अगाडि बढेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको अग्रसरतामा सो कार्य अगाडि बढेको हो।

त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, जडीबुटी, पेप्सीकोला, त्रिपुरेश्वर, लाजिम्पाट, सामाखुशी टाउन प्लानिङ ,गोँगबु, कीर्तिपुर तथा पुरानो बानेश्वर, गौशाला र चाबहिल क्षेत्रबाट उक्त तार हटाउन लागिएको छ।

तार हटेपछि सहरी सौन्दर्यतामा अभिवृद्धि, सार्वजनिक सुरक्षाको सुनिश्चितता तथा सडक क्षेत्रमा हुने जोखिम न्यूनीकरण हुने विश्वास लिइएको छ।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय