काभ्रे दुर्घटना : मृतकको संख्या ८ पुग्यो
nepallive.com · Fri Jun 12 11:41:21 GMT 2026

काठमाडौं– काभ्रेको नमोबुद्धमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बनेपाबाट रोशीतर्फ गइरहेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध-२ सेल्फीडाँडामा दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार घटनास्थलबाट ८ जनाको शव निकालिएको छ भने घाइतेहरूलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार १६ जना घाइतेलाई अस्पताल लगिएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३
१७:२६
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)
काठमाडौँ