मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनमत पार्टी छोडेर जानेलाई पुनः प्रवेश गरेमा ६ वर्षसम्म कुनै पनि लाभकाे पदमा सहभागी हुन नदिइने !

ratopati.com · Tue Feb 14 07:06:00 GMT 2023

काठमाडौँ । जनमत पार्टीले पार्टी छोडेर गएका नेताहरूलाई पुनः प्रवेशमा कडाइ गर्ने तयारी गरेको छ । काठमाडौँमा तीन दिनसम्म चलेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको विशेष बैठकले पार्टी छोडेर गएका नेता तथा कार्यकर्ताहरूलाई पुनः प्रवेश गरेको खण्डमा ६ वर्षसम्म कुनै पनि लाभकाे पदमा वा निर्वाचनमा सहभागी हुन नदिने निष्कर्ष निकालेको हो ।

निर्वाचनको क्रममा अन्तर्घात गरेका, खुला वा छद्म रूपमा अन्य पार्टीलाई सहयोग गरेका, निर्वाचनको मुखमा अरू पार्टीमा प्रवेश गरेका वा बागी उम्मेदवार बनेका सदस्यहरूमाथि कडा कारबाहीको तयारी भइरहेको पार्टीले जनाइएको छ । उक्त विषयहरूमा पुनः बैठक बसी केही दिनमै निर्णय सार्वजनिक हुने जनमत पार्टीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)