ट्रम्पको ८०औँ जन्मदिनमा केज फाइट कार्यक्रम विवाद
ratopati.com · Fri Jun 12 11:49:35 GMT 2026

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ८०औँ जन्मदिनलाई केन्द्रमा राखेर ह्वाइट हाउसको साउथ लनमा आयोजना गरिएको विशाल युएफसी केज फाइट कार्यक्रमले अमेरिकी राजनीति र सार्वजनिक खर्चबारे तीव्र बहस जन्माएको छ । ‘युएफसी फ्रिडम २५०’ नाम दिइएको यो कार्यक्रमलाई समर्थकहरूले उत्सव र स्वतन्त्रताको प्रदर्शनका रूपमा व्याख्या गरे पनि आलोचकहरूले यसलाई असंवेदनशील र विवादास्पद कदम भनेका छन् ।
आइतबार हुने भनिएको उक्त कार्यक्रमका लागि ह्वाइट हाउसको साउथ लनमा ‘द क्लाउ’ नामक विशाल पिँजडा अखाडा निर्माण गरिएको छ र त्यहाँ १४ जना अल्टिमेट फाइटिङ च्याम्पियनसिप (युएफसी) खेलाडीहरूबिच केज फाइट प्रतिस्पर्धा हुनेछ । रक्तपातपूर्ण शैलीका लडाइँलाई केन्द्रमा राखिएको यो प्रतियोगिता अमेरिकी राष्ट्रपति कार्यालयको इतिहासमै असाधारण मानिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)