बालुवाटार पुग्दा किन निरीह बन्छ सिंहदरबार ?
ukeraa.com

काठमाडौं : स रकारको मुख्य सचिव थिए लोकदर्शन रेग्मी। उनी तत्कालीन प्रधानमन्त्री ओलीका ‘अतिरिक्त’ प्रिय थिए। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा भए पनि प्रधानमन्त्री बालुवाटारमा रहेको सरकारी निवासबाटै काम चलाउँथे। मुख्यसचिव अनि सचिवहरू महत्वपूर्ण फाइल बोकेर प्रधानमन्त्रीको निवासै जान्थे।
एक दिन रेग्मी महत्वपूर्ण फाइल लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगे। प्रधानमन्त्री ओली सोफामा बसेका थिए भने मुख्य सचिव भुईँमा ओच्छाएको गलैँचामा बसेर ब्रिफिङ गरिरहेका थिए। यो दृश्य कसैले देख्यो। त्यसपछि रेग्मीले कर्मचारीतन्त्रमा ‘गलैँचे मुख्यसचिव’ को उपनाम पाए। रेग्मी २०७४ असार २९ गतेबाट २०७७ असोज १४ गते सम्म मुख्य सचिव भए। उनी मुख्य सचिव हुँदा शेरबहादुर देउवा प्रधानमन्त्री थिए। अधिकांश कार्यकालमा ओली प्रधानमन्त्री भए।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)