संघ र स्थानीय तहले प्रदेशलाई दिँदैनन् पर्यटन रोयल्टी
rajdhanidaily.com · Thu Mar 06 22:55:01 GMT 2025

सुर्खेत । रारा कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य हो । रारालाई ‘कर्णालीको पर्याय’का रूपमा चिन्नेहरू पनि छन् । रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित नेपालकै ठूलो ताल रारा हेर्न हजारौं मानिस त्यहाँ पुग्छन् । निकुञ्ज कार्यालयका अनुसार आव २०७६–७७ यता नेपाली १७ हजार २ सय ९७ र विदेशी ३ सय २३ जना पर्यटकबाट १ करोड ३० लाख २७ हजार ४ सय रोयल्टी संकलन भयो ।
राराजस्तै उच्च हिमाली जिल्ला डोल्पाको पर्यापर्यटन, हिमाली जीवनशैली, संस्कृति हेर्न ठूलो संख्यामा पर्यटक त्यहाँ पुग्छन् । उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेशले डोल्पामा चालू आवमा मात्रै नेपाली १ हजार ८ सय २२, सार्क मुलुकका २० र सार्कबाहेकका मुलुकका ३ सय २३ पर्यटक भित्रिएको जनाएको छ । आव २०७६–७७ देखि डोल्पामा मात्रै १६ हजार ४ सय १४ पर्यटक भित्रिएको तथ्यांक छ । आव २०८१–८२ को मंसिरसम्म शे–फोक्सुन्डो अवलोकनबाटै ११ लाख ८१ हजार २ सय रोयल्टी संकलन भयो । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले नेपाली पर्यटकका लागि सय तथा विदेशीका लागि १ हजार ५ सय रुपैयाँ प्रवेश शुल्क तोकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)