राजेन्द्र महतोलाई विष्णु रिजालले भने : जसलाई चित्त बुझाउन बोलेको भएपनि गलत अभिव्यक्ति फिर्ता लिनुपर्छ
reportersnepal.com · Sat Jun 05 17:29:09 GMT 2021
काठमाडौं, २२ जेठ । नेकपा (एमाले) का नेता विष्णु रिजालले उपप्रधान एवम् शहरी विकासमन्त्री राजेन्द्र महतोलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन भनेका छन् । उनले जसपाका नेताको रुपमा आफ्ना गलत विचारहरु बोक्न महतो स्वतन्त्र वा बाध्य भएपनि त्यस्ता खोटा विचारहरुको भारी उपप्रधानमन्त्रीका रुपमा सरकारलाई बोकाउन नमिल्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो भनाई राखेका हुन् । उनले अघि भनेका छन् नेपाललाई पहाड र मधेस गरी दुई चिरामा बाँड्ने, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भारतसँग सीमा जोडिएको समथर भूमिलाई एउटै प्रदेश बनाउने र नेपाल पहाडी र मधेसी दुई राष्ट्यिता भएको बहुराष्ट्रिय राज्य हो भनेर भाष्य स्थापित गर्ने घातक प्रयासलाई हामीले ठूलो मूल्य चुकाएर परास्त गरिसकेका छौँ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)