स-शरीर स्वर्ग किन पुगेनन् पाण्डवहरू ?
hamrakura.com · Sun Jul 24 00:00:00 GMT 2022
काठमाडौं । महाभारतको युद्ध समाप्त भएपछि सबै पाण्डवहरू भौतिक रूपमा स्वर्ग प्रस्थान गरेका थिए। पाँच पाण्डवहरू आफ्नो राज्य परीक्षितलाई सुम्पेर स्वर्गको कठिन यात्रामा थिए । उनीसँगै द्रौपदी पनि यात्रामा थिइन् । सबै जना स-शरीर स्वर्ग पुग्न चाहन्थे । तर बाटोमा केही घटना पड्यो र पाण्डवहरू एक एक गर्दै सकिए।
महाभारतको कथा अनुसार पाँच पाण्डव, द्रौपदी र एउटा कुकुर हिँड्न यात्रामा अघि बढे । एक ठाउँमा द्रौपदी ठोक्किएर लडिन् । द्रौपदीको पतन देखेर भीमले युधिष्ठिरलाई सोधे -'द्रौपदीले कहिल्यै कुनै पाप गरेकी थिइनन्, उनी किन लडेकी ?' युधिष्ठिरले भने- 'द्रौपदीले अर्जुनलाई हामी मध्ये सबैभन्दा बढी माया गर्थिन् । त्यही भएर उनलाई यस्तो भएको हो ।' यति भन्दै युधिष्ठिर द्रौपदीलाई नहेरी अघि बढे ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)