मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

११ वर्षीय बालकलाई प्रिन्सिपलले  निर्घात कुटे, घटना सामसुम पार्ने कोसिस

nayapatrikadaily.com · Sun Jul 17 00:10:00 GMT 2022

ललितपुरको चापागाउँस्थित लिटिल स्टार इंग्लिस स्कुलका प्रिन्सिपल चक्र महर्जनले पाँच कक्षामा पढ्ने ११ वर्षीय दीपेश खड्कालाई निर्घात कुटेका छन् । कक्षामा हल्ला गरेको भन्दै महर्जनले स्टिलको स्केल र मुड्कीले हिर्काउँदा बालकको शरीरभरि नीलडाम बसेको छ ।

घटना १७ असारको हो । बालकलाई १० कक्षासम्म निःशुल्क पढाइदिने र परिवारलाई आर्थिक सहयोग पनि गर्ने आश्वासन दिँदै प्रिन्सिपल महर्जनले घटना बाहिर नल्याइदिन परिवारलाई आश्वासन दिँदै आएका थिए । तर, बालकका परिवारले महर्जनलाई कारबाहीको माग गर्दै महानगरीय प्रहरी वृत्त चापागाउँमा निवेदन दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)