नेपाल एयरलाइन्समा सञ्चालक समिति सदस्य नियुक्ति गर्ने सरकारको निर्णय बदर
ratopati.com · Fri Jun 12 11:56:02 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक समिति सदस्य नियुक्ति गर्ने सरकारको निर्णय बदर गरिदिएको छ । योग्यता क्रममा पहिलो नम्बरमा रहेका उम्मेदवारलाई विना आधार र कारण पाखा लगाएर कनिष्ठहरूलाई नियुक्त गरिएको भन्दै अदालतले उक्त निर्णय बदर गरेको हो ।
न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासले सरकारका नाममा आदेश जारी गरेको हो । काठमाडौँ महानगरपालिका वडा नं। ३१ बस्ने उपेन्द्रबहादुर कार्कीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै ‘उत्प्रेषण’ को आदेशमार्फत नियुक्ति बदर गरी ‘परमादेश’ समेत जारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)