ऊर्जा संकटबिच दुई अर्ब डलर ऋण लिने पहलमा बंगलादेश
barnanmedia.com · Sat Mar 21 19:15:01 GMT 2026

एजेन्सी । मध्यपूर्व युद्धका कारण विश्वव्यापी इन्धनको मूल्यमा भएको वृद्धिबिच ऊर्जा सुरक्षा चिन्ताहरूको सामना गर्न बंगलादेशले बहुपक्षीय निकायहरूबाट करिब दुई अर्ब डलर ऋण सुरक्षित गर्न जोड दिइरहेको छ।
सरकारले इन्धन खपत नियन्त्रण गर्न धेरै उपायहरू अपनाइसकेको छ, यसका लागि अधिकांश मल कारखानाहरूमा तत्कालका लागि उत्पादन अस्थायीरूपमा रोक्ने बताएको छ। प्रधानमन्त्रीका वित्त तथा योजना सल्लाहकार रशेद अल तितुमिरले दिगो ऊर्जा आपूर्ति सुनिश्चित गर्न सरकारले अब त्रिकोणिय दृष्टिकोण अपनाएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)