मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सेनाले भन्यो-वैशाखअघि नै खोकनाको विवाद सल्टिनुपर्छ

onlinekhabar.com · Wed Jan 12 15:59:50 GMT 2022

२८ पुस, काठमाडौं । नेपाली सेनाले तीन वर्षभित्र निर्माण सकाउने हो भने काठमाडौं-तराई मधेश द्रुतमार्ग आयोजनाको सबै खालका विवाद र उल्झन आगामी वैशाखअघि सल्टाउनुपर्ने बताएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा द्रुतमार्ग आयोजनाका प्रमुख सहायकरथी विकास पोखरेलले खोकनासम्मकै सडक समेत समेटेर ९, १० र ११ नम्बरका तीन वटा प्याकेजको ठेक्का वैशाखसम्म आह्वान गरिसक्नुपर्ने बताए ।

द्रूतमार्ग, बाहिरी चक्रपथ र मातातीर्थ-भक्तपुर १३२ केभी प्रशारणलाइन लगायतका आयोजनाहरू खोकना हुँदै बनाउने तयारी भएपछि स्थानीयवासीले विकासका नाममा सांस्कृतिक शहरमाथि अतिक्रमण गरेको भन्दै विरोध गर्दै आएका छन् । उनीहरूले मुआब्जा समेत बुझेका छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)