कोभिड संक्रमणको उद्धारमा निजी एयर-लिफ्ट कम्पनी, अत्यधिक मागका कारण सेवा दिन मुस्किल
farakdhar.com · Thu May 06 16:41:25 GMT 2021
पछिल्ला केही दिनयता निरन्तर कोरोना संक्रमितको संख्या बढेसँगै कोभिडका बिरामीलाई एयर-लिफ्ट अर्थात् हेलिकप्टरबाट उद्धार गर्ने क्रम पनि बढेको छ । उपत्यका बाहिरबाट काठमाडौंका अस्पतालमा ल्याउनका लागि हेलिकप्टरकाे प्रयोग बढेको हो । काठमाडौं बाहिर आइसियु तथा भेन्टिलेटरसहितको राम्रा अस्पताल नहुँदा कोभिडका बिरामीलाई एयर-लिफ्ट गरी धमाधम काठमाडौं ल्याउन थालिएको छ ।
हवाइ सेवा कम्पनीका अनुसार गत वर्षको तुलनामा यो वर्ष बाहिरबाट हेलिकप्टर प्रयोग गरी काठमाडौं आउनेको संख्या बढेको छ । सिम्रिक एयरलाइन्सका अप्रेसन पाइलट सिद्धार्थ गुरुङले पहिलेभन्दा अहिले एयर-लिफ्ट गर्नेको संख्या धेरै रहेको बताए । पछिल्ला दिनमा सबै कम्पनीको गरेर दैनिक ७/८ वटा कोभिड बिरामीको एयर-लिफ्ट भइरहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)