प्रदेशसभामा कांग्रेस सांसदको अभिव्यक्तिः खड्ग ओलीविरुद्ध नाथुराम गोड्से चाहियो, कि मै बनुँ ?
nepalpress.com · Fri Jun 11 17:35:07 GMT 2021
काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले बाग्मती प्रदेशसभा वैठकमा आपत्तिजनक अभिव्यक्ति दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यत्तिकै छोड्नु नहुने भन्दै नाथुराम गोड्से आवश्यक परेको बताए ।
प्रदेश सभामा भाषण गर्दै उनले भने, ‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)