मन्त्री श्रेष्ठले भने - ऊर्जा क्षेत्र रूपान्तरणको प्रस्थान बिन्दुमा छौँ
arthadabali.com · Fri Jun 12 11:53:52 GMT 2026

काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार ऊर्जा क्षेत्र रूपान्तरणको प्रस्थान बिन्दुमा रहेको बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा एवं आठौँ अधिवेशनको आज यहाँ आयोजित उद्घाटन समारोहमा उनले उत्पादनसँगै विद्युत् व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रलाई सहभागी गराउन सरकारले मार्गप्रशस्त गरिसकेको बताए । ऊर्जा क्षेत्रको बृहत्तर विकासका निम्ति निजी क्षेत्रसँग साझेदारी गर्न सरकार प्रतीक्षारत रहेको उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)