बागीले मानेनन् गठबन्धनको निर्देशन
annapurnapost.com · Sat Apr 30 00:32:00 GMT 2022
स्थानीय तहको निर्वाचनमा धेरैको ध्यान तानेको स्थानमा पर्छ चितवनको भरतपुर महानगरपालिका। यहाँको प्रमुख पदमा गठबन्धन दलले माओवादीका तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहाललाई उठायो। तर, कांग्रेस नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी मात्रै दिएनन्, फिर्ता गराउन राज्यशक्ति नै लाग्दा पनि उम्मेदवारी कायम नै राखे। उनको उम्मेदवारी फिर्ता गराउन निर्वाचन आचारसंहिता उल्लंघन गर्दै गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ चितवन पुगेका थिए।
२०७४ को स्थानीय तह निर्वाचनमा माओवादीलाई कांग्रेसले मेयर पदमा सघाएको थियो। अहिले गठबन्धन गर्दा पुनः मेयर दिँदा चितवनका कांग्रेसी नेता–कार्यकर्ता रुष्ट छन्। त्यहाँ उनीहरूको साथ बागी उम्मेदवार पौडेललाई नै छ। तर, कांग्रेसले भने निर्वाचन तालिकाअनुसार शुक्रबार ५ बजेसम्म उम्मेदवारी फिर्ता नलिएपछि राष्ट्रियसभाका पूर्वसांसदसमेत रहेका पौडेललाई पार्टीबाट निष्कासन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)