ब्राउन सुगरको धुलो जस्तो देखिने पदार्थसहित काठमाडौंबाट दुई जना पक्राउ
nepalpress.com · Mon Feb 07 15:15:58 GMT 2022
काठमाडौं । लागु औषध ब्राृन सुगरको धुलो जस्तो देखिने पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सामेबार अपरान्ह सवा चार बजेको समयमा महानगरीय प्रहरी प्रभाव कपनबाट खटिएको प्रहरी टोलीले काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका १० कपन आकाशेधाराबाट गोप्य सूचनाका आधारमा २२ वर्षका पासाङ छिरिङ शेर्पालाई पक्राउ गरेको हो ।
शेर्पालाई शंकास्पद अवस्थामा फेला पारी रीतपूर्वक उनको शरीर तथा कोठा खानतलासी गर्दा उनी बस्ने कोठाभित्र ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ६ ग्राम फेला पारी बरामद गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)