मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एकीकृत समाजवादी गण्डकीका उपाध्यक्ष नाबालिकालाई बलत्कार गरेको आरोपमा पक्राउ

barnanmedia.com · Thu Mar 06 23:03:50 GMT 2025

घरैमा काम सघाउन राखिएकी नाबालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा नेकपा एकीकृत समाजवादी गण्डकीका उपाध्यक्ष विष्णु गिरी पक्राउ परेका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका १४ का ५१ वर्षीय गिरीलाई पक्राउ गर्न भन्दै कास्की प्रहरीले स्याङ्जा प्रहरीलाई पत्राचार गरेको थियो । पक्राउ परेका उनलाई मंगलबार कास्की ल्याइएको छ ।

उनीमाथि ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।बयानका क्रममा पीडित बालिकाले अघिल्लो वर्षदेखि नै करणी र हिंसा भएको खुलाएकी छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)