मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बेल्जियममा मनाइयो उभौली साकेला

gorkhapatraonline.com · Fri Jun 12 12:04:10 GMT 2026

किरात समुदायको मौलिक चाड उभौली साकेला ५०८६ किरात राई सोसाइटी बेल्जियमले लुभेनमा मनाएको छ । कार्यक्रममा युरोपका विभिन्न देशहरूबाट आएका नेपाली समुदायका अगुवा, विभिन्न जातीय संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय बेल्जियम सरकारका विशिष्ट पदाधिकारीहरूको उपस्थिति थियो।

कार्यक्रममा भिडियो सन्देशमार्फत बेनेलक्स र युरोपियन युनियनका लागि राजदुत सेवा लम्सालले विदेशमा रहेका नेपालीहरूले आफ्नो संस्कृति जगेर्ना गर्न गरेको प्रयास अत्यन्त प्रशंसनीय रहेको बताउनुभयो । “यस्ता मौलिक पर्वहरू प्रवासमा नेपालीको पहिचान जोगाउने मेरुदण्ड हुन्। साकेलाले प्रकृति र समुदायसँगको सहजीविताको सन्देश दिन्छ” उहाँले भन्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)