सिंहदरबारको सेन्ट्रल क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना
onlinekhabar.com · Fri Jun 12 11:59:26 GMT 2026

२९ जेठ, काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमा चरम लापरबाही र अखाद्य वस्तु प्रयोग भइरहेको फेला परेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमन टोलीले शुक्रबार गरेको आकस्मिक निरीक्षण क्रममा सिंहदरबारस्थित सेन्ट्रल क्यान्टिन सञ्चालन गरिरहेको ‘जी एन्ड बी क्याफे ग्रुप’ मा गम्भीर कैफियत फेला पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)