‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को तयारी सुरु
ratopati.com · Mon Dec 11 22:48:00 GMT 2023
कास्की । गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी फागुन पहिलो साता हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु गरिएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने म्याराथनको १८औँ संस्करण आगामी फागुन ५ गते शनिबार हुँदैछ । यसको विजेताले रु पाँच लाख र उपविजेताले रु तीन लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ म्याराथनको अन्तर्राष्ट्रिय छाता संस्था ‘एम्स’ मा दर्ता भइसकेको छ । सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकुदको विश्वमान चित्रमा स्थापित गराइ खेल पर्यटन प्रवर्द्धनका लागि म्याराथन आयोजना गरिएको र पछिल्लो समय म्याराथनमा अन्तर्राष्ट्रिय सहभागिता वढेको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)