लागूऔषध नियन्त्रण ब्युरोको अपरेसनमा ७ किलो लागूऔषधसहित ९ जना पक्राउ
annapurnapost.com · Tue Sep 21 22:23:00 GMT 2021
काठमाडौं : लागू औषध नियन्त्रण ब्युरोले १० दिन लामो अपरेसनपछि साढे सात किलो बढी लागू औषध चरेश बरामद गरेको छ। अपरेसन ह्यास चलाएर गरिएको अनुसन्धानका क्रममा ब्युरोको टोलीले लागू औषध विदेश पठाउने मुख्य योजनाकारसहित ९ जनालाई पक्राउ गरेको छ।
प्रहरीले अपरेसनका क्रममा लागू औषध चरेससहित लुकाउन प्रयोग गरिने सामान तथा बनाउन प्रयोग हुने औजार पनि बरामद गरेको ब्युरोका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीले सुरुमा भदौ २१ गते कतार एयरवेजको उडानबाट दोहा जान लागेका म्यादी मंगला गाउँपालिका ३ का ३६ वर्षीय श्यामप्रसाद रोका र ३५ वर्षीय बिरबहादुर रोका मगरको साथबाट ४ किलो ३५ ग्राम चरेस बरामद गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)