इप्पान अधिवेशनमा ऊर्जा व्यवसायीले पोखे गुनासो, समाधान गर्ने मन्त्रीको आश्वासन
onlinekhabar.com · Fri Jun 12 12:07:01 GMT 2026

२९ जेठ, काठमाडौं । जलविद्युत् आयोजनामा देखिएका विद्यमान समस्याबारे ऊर्जा उत्पादक व्यवसायीहरूले सरकारसँग गुनासो गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २४ औं वार्षिक साधारणसभा उद्घाटन समारोहमा व्यवसायीले विद्यमान समस्याबारे ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग गुनासो पोखे ।
मन्त्री श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जलविद्युत् व्यवसायीहरूले नीतिगत, कानुनी र प्रशासनिक अवरोधका कारण खर्बौं रुपैयाँ लगानी गरिएका आयोजना समेत प्रभावित भएको गुनासो गरे । विशेषगरी वनसम्बन्धी कानुनी जटिलता, जग्गा प्राप्ति, प्रसारण लाइनको ढिलाइ, विद्युत् खरिद सम्झौता (पीपीए)मा अवरोध, आरसीओडी म्याद थप तथा आईपीओ स्वीकृतिमा देखिएको समस्याले ऊर्जा क्षेत्रको विकास अवरुद्ध भएको उनीहरूको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)