काभ्रे बस दुर्घटनाः १२ घाइतेको पहिचान खुल्यो, आठ जनाको मृत्यु
kalakarmi.com · Fri Jun 12 12:19:54 GMT 2026

रामेछाप– काभ्रेको नमोबुद्ध नगरपालिका–२, सेल्फी डाँडामा शुक्रवार दिउँसो भएको बस दुर्घटनामा घाइतेमध्ये १२ जनाको पहिचान खुलेको छ । घाइते १५ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
धुलिखेल अस्पतालका अनुसार घाइतेहरूमा काभ्रे रोशीका २२ वर्षीय अनिस तामाङ, बर्दियाका २५ वर्षीय सुरेशबहादुर बादी, रोशीकी २० वर्षीया विष्णु डाल्मा तामाङ, ६० वर्षीय डम्बर बहादुर शाह, ३० वर्षीय चन्द्र तामाङ, ४३ वर्षीय कृष्णबहादुर तामाङ, १८ वर्षीया रमिता वाइबा, ४० वर्षीय मानव तामाङ, ३४ वर्षीय गोइया सिं तामाङ, ६२ वर्षीया विष्णुमाया लामा, ४३ वर्षीय मनुराज तामाङ तथा ‘सुवास’ भनिने थप पहिचान नखुलेका ५–६ वर्षका एक बालक रहेका छन् ।
त्यस्तै, एक वर्षकी बालिका तथा ६०–६५ वर्षका पुरुषको पहिचान खुलेको छैन । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । दुर्घटनामा सात जनाको मृत्यु भएको छ । मृतकहरूको पहिचान भने अझै खुल्न सकेको छैन ।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकहुँदै सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस शुक्रवार दुर्घटनामा परेको हो । बस नमोबुद्ध नगरपालिका–२ सेल्फी डाँडामा दुर्घटनामा परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)